२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

ईलामको चियाबारीमा डोजर, चियाका बोट सिंहबाहिनी खोल्सामा 

सोमवार , मंसिर २९, २०७७

काठमाण्डौं। इलामको ऐतिहासीक चिया बगान अतिक्रमणको चपेटामा पहेको छ। शंरक्षणको जिम्मा पाएको स्थानिय सरकारबाटै चिया बगान अतिक्रमणको चपेटामा परेको हो।

इलाम सदरमुकाममा रहेको ईलाम नगरपालिकाले आईतबार राति डोजर चलाएर चिया बगान भत्काईएको हो। इलाम बजारको पुरानो बसपार्कमा रहेको भित्तामा रहेको चियाबारीमा आईतबार राति डोजर लगाएर कान्लो बनाइएको छ। पार्किङ सहितको बहुतले सिनेमा घर बनाउन भन्दै उक्त चियाबारी भत्काईएको नगरपालिकाले बताएको छ। 

बहुतले सिनेमा घर निर्माणका लागि भित्तामा रहेको जग्गा बाहेक पनि पर्याप्त जग्गा पुरानो बसपार्कमा रहेको छ। नगरपालिका आफैले तयार पारेको डिपीआरमा भित्तो बाहेकको जग्गालाई राखेर ठेक्का सम्झौता गरिएको थियो। तर, केहि स्थानियको दवावमा नगरपालिकाले चियाबारी भत्काएको स्थानियको भनाई छ। स्थानीय केहि व्यक्तिले सिनेमा घर बनाउदा आफ्नो गल्ली साँघुरो हुने भन्दै फराकिलो बनाइ भवनलाई माथि सार्न चियाबारीमा डोजर लगाउन दवाव दिएको बुझिएको छ। 

करिव दश मिटर वारपार चौडामा चियाबारी अतिक्रमण भएको छ । हाम्रो पहिचान, हाम्रो पौरख, हाम्रो गौरव, इलाम चिया बगान भन्ने नारा घन्काएर नथाक्ने इलाम नगरपालिकाले हरियो चियाबारीमा पार्क, सडक, फिटनेस सेन्टर, पोखरी, निर्माण गरिरहेको छ । यो अतिक्रमण जारी रहेमा एक वर्षमै ऐतिहासीक चियाबारी तितेघारी र कँक्रिट घारीमा परिवर्तन हने पक्का छ। 

हाल डोजर लगाइएको चियाबारीको जग्गाका सँधियार नगरका मेयर आफैं पनि हुन। उनले रातारात नगरको जग्गा माथिसम्म पर्र्छ भनेर डोजर लगाउदा समेत बोल्ने कोहि छैनन। चियाबारी फिर्ता गरी नगरपालिकालाई हस्तान्तरण गर्न माग गर्ने नगर प्रमुखले किन चियाबारी आफ्नो मातहत ल्याउन खोजेका हुन भन्ने समेत प्रष्ट हुदै गएको छ ।