images

शुक्रवार, बैशाख ७ गते २०८१

विपन्न परिवारलाई खाद्यान्न वितरण 

विपन्न परिवारलाई खाद्यान्न वितरण 

images
images
images
बिहिवार, मंसिर १ २०७९
बिहिवार, मंसिर १ २०७९
  • विपन्न परिवारलाई खाद्यान्न वितरण 

    भैरहवा, १ मंसिर ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले ग्रामीण बस्तीका विपन्न वर्गका ६५ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहिया गाउँका घरपरिवारलाई सो सामग्री वितरण गरिएको हो ।प्रतिपरिवार १० किलो चामल, ५ किलो आटा, ५ किलो आलु, २ किलो दाल, २ पाकेट नुन र १ किलो  चिनी वितरण गरिएको क्लबका अध्यक्ष सवा खानले बताइन् ।

    images
    images
    images

    क्लबका अध्यक्ष सवा खानको अध्यक्षतामा भएको हंगर रिलिफ प्रोग्राममा प्रमुख अतिथि जिल्ला सल्लाहकार रुपमा हिराचनले क्लबले गरेको कार्य निकै प्रशंसनीय रहेको बताइन् । सरकारले गर्नुपर्ने कार्य लायन्स क्लबले गरेको उनले बताइन् ।

    कार्यक्रममा विनय कसौधन, कार्यक्रम संयोजक शलिना शर्मा, निवर्तमान अध्यक्ष तनु शर्मा कशौधन लगायतले बोलेका थिए । निपा क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । क्लबले यसअघि पनि उक्त गाउँमा धरै कार्यक्रम गरिसकेको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij