images

सोमवार, बैशाख १७ गते २०८१

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो

मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • मनाङमा सेनाको हेलिकप्टरबाट मतपेटिका ल्याइयो

    लमजुङ, ५ मंसिर  । हिमाली जिल्ला मनाङमा सेनाको हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम चामे ल्याइएको छ ।  

    images

    जिल्ला निर्वाचन कार्यालय मनाङका अनुसार सेनाको हेलिकप्टरमार्फत नार्पाभूमि गाउँपालिका १ देखि ३ वडासम्म नार गाउँको तीनवटा मतदान केन्द्र साथै ४ र ५ वडा फूको दुईवटा मतदान केन्द्रको मतपेटिका सदरमुकाम चामे ल्याइएको हो ।

    सशस्त्र प्रहरी बल मनाङका प्रमुख डीएसपी दुर्गा थापाका अनुसार हेलिकप्टरले ढुवानी गरेको मतपेटिकालाई कडा सुरक्षाकाबीच जिल्ला अदालतको मतगणनास्थलमा राखिएकाे छ  ।

    मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले नार र फूबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको र सर्वदलीय बैठकपछि आज नै गणना गरिनेछ। 

    जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार कूल चार सय ६८ मतदाता रहेको नार्पाभूमि गाउँपालिकामा तीन सय १८ मत खसेको छ । मनाङमा मतदाता ६ हजार ७ सय ७९ रहेकोमा चार हजार आठ सय ४५ अर्थात् ७१ दशमलब ४७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई हजार चार सय ८६ महिला र दुई हजार तीन सय ५९ पुरुषले मतदान गरेका छन् । न्युज कारखाना 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij