२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

व्यवसायीसंग सहकार्य गरेर अगाडि बढ्छौ : मुख्यमन्त्री आचार्य

आइतवार , जेठ ३, २०८३

  • 289
    Shares
  • 289
    Shares
  • भैरहवा, ३ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार उद्योगी व्यवसायीसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनु भएको छ । उहाँले उद्योगी तथा व्यवसायिलाई थुनेर र हतोत्साहि गरेर मुलुक अघि बढ्न नसक्ने भन्दै तीनै तहका सरकारको नीति नीजि क्षेत्र मैत्रि बन्नु पर्ने बताउनु भयो । 

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रमलाई आइतबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई साथमा लिएर मुलुक निर्माणमा लाग्न जरुरी रहेको बताउनु भयो । संघिय सरकारले उद्योगी, व्यवसायिलाई उत्साहित बनाउनुपर्ने बेला हतोत्साहि गर्ने नीति लिएको प्रति मुख्यमन्त्री आर्चायले चिन्ता व्यक्त गर्दै मुलुक निर्माणमा सरकार र नीजि क्षेत्रको सहकार्य जरुरी रहेको बताउनु भयो ।  
    मुख्यमन्त्री आचार्यले प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सधैं साथमा रहने विश्वास दिलाउनुभयो । मुख्यमन्त्री आचार्यले व्यवसायीप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उद्योगका लाइन काटिएको समयमा प्रदेश सरकारले अग्रसरता नलिएको भए समस्या थप जटिल बन्ने अबस्थामा पुग्न सक्ने बताउनुभयो।

    उहाँले सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरेर समस्या समाधान गरिएको स्मरण गर्नुभयो । उहाँले उद्योगी तथा व्यवसायीका समस्याका विषयमा संघीय सरकारसँग निरन्तर छलफल गरिने पनि उल्लेख गर्नुभयो ।
    ‘व्यवसायीहरुलाई थुनेर, हतोत्साहि गरेर मुलुक अघि बढ्न सक्दैन, बदमासी भएका छन् भने कानुनी रुपमा दण्डित गर्न सकिन्छ । तर, सिंगो उद्योग व्यवसाय क्षेत्रलाई नै हतोत्साहि बनाउने गरी धरपकड गर्नु मुलुकका लागि राम्रो हुँदैन,’ उहाँले भन्नुभयो ।

    मुख्यमन्त्री आचार्यले अहिले नै निजी क्षेत्र समस्यामा रहेको अवस्थामा थप धरपकडको वातावरण बने निजी क्षेत्र नै धरासायी हुने खतरा रहेको बताउनुभयो । 

    WhatsApp Image 2026-05-17 at 4.16.04 PM.jpeg

     

    नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्र त्रासमा बाँचीरहेको बताउदै लगानी र सहज रुपमा उद्योग सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।  उहाँले प्रदेश सरकारले निजी क्षेत्रको लगानी बढाउने र व्यवसायीलाई प्रोत्साहन गर्ने गरी नयाँ कार्यक्रम ल्याउन जरुरी रहेको बताउदै संघिय सरकारसंग सहकार्य गर्न आग्रह गर्नुभयो । 

    घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गणेश प्रसाद अधिकारीले सरकारको पछिल्लो कदमले उद्योग, व्यवसाय चलाउन निकै कठिन भएको बताउनु भयो । उद्योग सञ्चालननका लागि सरकारको नीति नै बाधक रहेको बताउदै उहाँले पछिल्लो समय उद्योगी तथा व्यवसायि निकै आतङ्कित बनेको बताउदै उद्योग मैत्री नीतिको आबश्यकता औल्याउनु भयो । 

    महासंघका कार्यकारी निर्देशक आनन्द खनालको सञ्चालनमा भएको कार्यक्रममा बो्‌्‌ल्दै नवनिर्वाचित अध्यक्ष ठाकुरकुमार श्रष्ठले सरकार र नीति क्षेत्रवीच सहकार्य र समझदारिको आवश्यकता रहेको बताउनु भयो ।