images

सोमवार, बैशाख २४ गते २०८१

चुदाँरा समुदायको पुख्यौली पेशा संरक्षण गर्दै धनबहादुर

चुदाँरा समुदायको पुख्यौली पेशा संरक्षण गर्दै धनबहादुर

images
images
images
बिहिवार, पौष २ २०७७
बिहिवार, पौष २ २०७७
  • चुदाँरा समुदायको पुख्यौली पेशा संरक्षण गर्दै धनबहादुर

    गुल्मी, २ पुस । पछिल्लो समय बजारमा सस्तो र सुपथ मुल्यमा स्टिलका भाडाहरु प्रशस्त आउन थालेपछि चुदाँरा समुदायको पुख्यौली पेशा संकटमा पर्न थालेपछि गुल्मीका केही चुदाँरा समुदाय त्यसको संरक्षणमा जुटेका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ५ पोखरी डाडाँका धनबहादुर चुदाँरा आफ्नो पुख्यौली पेशामा जुटेका छन् ।

    images
    images
    images

    उमेरले ५६ वर्ष पुगेका धन बहादुर निकै जोस र जाँगरका साथ आफ्नो पेशालाई जोगाउन लागेका छन् । उनको कामको जोश हेर्दा युवा पुस्ताको भन्दा केही कम छैन् । उनको दैनिकी काठको ठेकिसंगै चलेको छ । उनी बिहान उठेदेखि नसुत्दा सम्म ठेकी बनाउनमै व्यस्त हुन्छन् । चुदाँरा बिहान ८ बजेदेखि बेलुका ६ बजे गिठिको ठेकी कुद्न व्यस्त हुन्छन् । २० वर्षदेखि पुर्खाको पेशालाई समाल्दै इस्मा गउँपालिकाको वडा नम्बर ५ पोखरी डाडाँमा त्रिपालले बारेको छाप्रोमा बसेर ठेकि कुद्दै आएका उनको जीवनमा भने खासै परिवर्तन आउन सकेको छैन् ।
      
    उनी गाउँमै परिबारसंग बसी यही पेशाबाट छोराछोरीको पढाइदेखि घर खर्चको चाँजोपाँजो मिलाउँदै आएका छन् । चुदाँरालाई ठेकि निर्माणको लागि इस्मा, घमिर, धुर्कोट, पुर्कोट दह, मुसिकोट लगायतका स्थानबाट माग आउने गर्दछ ।  

    काठबाट निर्मित भाडाको माग भए तापनि गिठिका बोटहरु गाउँमा प्रशस्त नपाउँदा आवश्यकता अनुसार ठेगी बनाउन नसकेको उनको भनाइ छ । उनले गाउँमा प्रयोगमा आउने मानादेखि पाथीसम्मका ठेकि निर्माण हुने गर्दछन् । त्यति मात्र होइन उनले दुध जमाउने तथा मोहि पार्ने ढेका समेत निर्माण गर्दै आएका छन् ।

    निर्माण गरिएका ठेकिको मुल्य १ हजार देखि ७ हजारसम्म पर्ने गर्छ । १ वर्षमा चुदाँराले ७० भन्दा बढी ठेकि विक्रीवितरण गर्ने गरेको बताउँछन् ।  गाउँमै प्रशस्त गिठिको काठ उपलब्ध भएमा पेशालाई थप व्यवस्थित र रोजगारमुखी बनाउन सकिने उनले बताए । गिठिको बोटबाट निर्माण गरिएका ठेकीमा दही, महि र दुध राख्न अति उत्तम मान्ने गरिन्छ । अन्य भाडाँमा भन्दा गिठिबाट निर्माण गरिएका ठेगिमा राखिएको दही, महि खाना उत्तिकै स्वादिष्ट हुन्छ । तर बजारमा आएका स्टिलका भाडाँहरुमा किटाणु पनि खाइने र महि राख्न त्यति उपयोगि नहुने चुदाँरा बताउँछन् ।
     
    ३ देखि ४ जनाको जनशक्तिले दैनिक एक वटा ठेकी निर्माण गर्न सकिन्छ । गाउँका युवाहरु दैनिक विदेशिन थालेपछि आफुहरुको पुख्यौली पेशा संमस्यामा पर्दै जादाँ आफु चिन्तित बनेको उनको गुनासो छ । चुदाँराले गाउँका युवालाई रोजगारी मात्र होइन पुरानो संस्कृति समेत जोगाएका छन् ।
     
    ठेकि कुदेर जीविकोपार्जन गर्दै आएका चुदाँरा इस्माका एक मिहिनेती व्यक्तिको रुपमा चिनिन्छन् । उनले गाउँमै गर्दै आएको पेशा गाउँपालिका कै चिनारी भएकाले यसको संरक्षणमा लागेको इस्मा गाउँपालिकाकी उपाध्यक्ष विमला के.सी. ले बताइन् । के.सी.का अनुसार चुदाँरा समुदायको पेशालाई संरक्षण गरी संस्कृतिको जर्गेना गर्न गाउँ कार्यपालिकाले आवश्यक औजार र व्यवस्थित घरको लागि टिन दिने निर्णय गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij