images

सोमवार, बैशाख २४ गते २०८१

कहाँ-कहाँ जित्यो राष्ट्रिय स्वतन्त्र पार्टीले ?

कहाँ-कहाँ जित्यो राष्ट्रिय स्वतन्त्र पार्टीले ?

images
images
images
बुधवार, मंसिर ७ २०७९
बुधवार, मंसिर ७ २०७९
  • कहाँ-कहाँ जित्यो राष्ट्रिय स्वतन्त्र पार्टीले ?

    काठमाडौं, ७ मंसिर ।
    रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । मुलकभर मतगणना जारी रहँदा स्वतन्त्र पार्टीले काठमाडौंका १० मध्ये तीन निर्वाचन क्षेत्रमा जित हासिल गरेको हो ।

    images
    images
    images

    काठमाडौं–२ मा उपाध्यक्ष सोविता गौतम, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

    गौतम १५ हजार २२९ मतसहित विजयी भएकी हुन् । उनले एमालेका मणिराम फुयाललाई हराइन । फुयालले ११ हजार ५५५ मत पाए । राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याउँदा पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी ओनसरी घर्तीमगर ९ हजार ४४९ मतसहित चौथो स्थानमा रहिन् ।

    काठमाडौं ७ मा पनि एमाले नै निकटतम प्रतिस्पर्धी बनेको छ । पराजुली ८ हजार ७४३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत मात्र पाए  । माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६ हजार ६३ मतमा चित्त बुझाइन् ।।

    काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए ।

    पाँच क्षेत्रमा लिड गर्दै स्वतन्त्र पार्टी

    राष्ट्रिय स्वतन्त्र पार्टी मतगणना जारी भएका पाँच निर्वाचन क्षेत्रमा लिड गरिरहेको हो । सुनसरी-२ मा लालविक्रम थापा, काठमाडौं-६ मा शिशिर खनाल, चिवतन-१ मा हरि ढकाल र २ मा रवी लामिछाने तथा ललितपुर-३ मा तोसिमा कार्कीले लिड गरिरहेका हुन् । ७ असार ०७९ मा मात्र गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी मुलुककै कान्छो दल हो । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij