images

सोमवार, बैशाख २४ गते २०८१

रुपन्देही ४ (२) : कांग्रेसका वसिउद्दीन खाँ विजयी 

रुपन्देही ४ (२) : कांग्रेसका वसिउद्दीन खाँ विजयी 

images
images
images
बुधवार, मंसिर ७ २०७९
बुधवार, मंसिर ७ २०७९
  • रुपन्देही ४ (२) : कांग्रेसका वसिउद्दीन  खाँ विजयी 
    फाइल तस्विर

    भैरहवा, ७ मंसिर । 
    रुपन्देही क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका उम्मेदवार वसिउद्दीन खाँ विजयी भएका छन् । खाँ ११ हजार ३ सय ५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का मोहनलाल यादवले ८ हजार २ सय ६५ र जनमत पार्टीका अर्जुन प्रसाद जयसवालले ७ हजार ६ सय ६१ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा पनि खाँ रुपन्देही ४(२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    images
    images
    images

    निर्वाचन अधिकृत देवेन्द्र आचार्यले अहिले प्रतिनिधि सभा सदस्यको मतगणना जारी रहेको र उता पनि प्रदेश सभा सदस्यको मत हुन सक्ने भएकोले खाँलाई विजयी घोषणा नगरिएको बताए । प्रतिनिधि सभा सदस्यको मतगणना पछि मात्र प्रदेश सभा सदस्यहरुलाई विजयी घोषणा गरिने उनले जानकारी दिए । यो क्षेत्रमा ४० हजार ९ सय ६३ मत खसेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij