२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

सन्धिखर्कको एक मतपेटिका खोल्दा भेटियो चिठ्ठी

बुधवार , मंसिर ७, २०७९

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • अर्घाखाँची, ७ मंसिर । सन्धिखर्क नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएको छ ।  गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् । 

    गणक आचार्यले भने,“शुरुमा त खाली मतपत्र भेटिएपछि सबै आश्चर्यचकित भए । पछि पत्र खोलेर हेर्दा भने पत्रले भावुक बनायो । खाली मतपत्रलाई बेरेर राखिएको पत्रमा मतदाताले उम्मेदवारहरूप्रति तीव्र असन्तुष्टी जनाएका छन् । एक पेजको पत्रमा मतदाताले जनताको कालो दिन भनेका छन् ।”

    पटक पटक परीक्षण भएकाहरूलाई के मत दिनु ? ती मतदाताले यिनै जनप्रतिनिधिबाट जिल्लाको विकास नहुने जनाएका छन् । उनले लेखेका छन्, “आगामी निर्वाचनमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पद जितेर कसरी काम गरेन सकिन्छ भनेर आफूले देखाउने दाबी समेत गरेका छन् ।”

    उनले थप लेखेका छन्– मत गन्दै गरेको तपाईँहरूलाई पनि लागेको होला, कस्तो व्यक्तिको मत गनेर विजयी घोषणा गर्नुपरेको छ । ती मतदाताले सन्धिखर्क(गोरुसिंगे सडक, अस्पताल, कलेज, सन्धिखर्कको जग्गा अतिक्रमण जस्ता विषयमा एक पटक सोच्न सबैलाई अनुरोध गरेका छन् । 

    अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको मतगणना चलिरहेको छ । एमालेका सचिव टोपबहादुर रायमाझीले अग्रता लिइरहदा कांग्रेस नेतृ पुष्पा भुसालले रायमाझीलाई पछ्याइरहेकी छिन् । राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल तेस्रो स्थानमा छन् । एमाले नेता रायमाझी र कांग्रेस नेतृ भुसाल यसअघि पनि पटक पटक अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका छन् ।