
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह
बिहिवार , पौष २, २०७७
भैरहवा, २ पुस ।
सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सरोकारवालाले बताएका छन् । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको १५ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनीहरुले बचत र ऋणको मात्र कारोबार गरेर सहकारीको दायित्व पूरा नहुने भन्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन र रोजगारी सिर्जना गर्नआग्रह गरे ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. रेवती रमण पौडेलले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन सके मात्रै मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । बचत गर्ने र ऋण प्रवाह गर्ने मात्र नभई उत्पादनमुलक क्षेत्रमा लगानी गर्दै स्वरोजगार बनाउनतर्फ सहकारी लाग्नुपर्ने उनको भनाइ छ । सानो पुँजीबाट उद्यम गर्न चाहनेहरुका लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै प्रतिफलमुखी क्षेत्रमा लगानी गर्न उनले सहकारीलाई आग्रह गरे ।
वार्षिक उत्सवको अवसरमा सहकारीले गरीब तथाजेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरेको थियो । सहकारीका अध्यक्ष ज्ञानु पौड्याल, कृषि मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले तिलोत्तमा, सियारी, ओमसतिया र सिद्धार्थनगर नगरपालिकाका १२ जनालाई छात्रवृत्ति वितरण गरेका थिए । त्यस्तै सोही अवसरमा १२ जना बाख्रापालकलाई निव्र्याजी ऋण प्रदान गरिएको थियो ।
त्यस्तै १० जना सफल व्यवसायीहरु फर्सुराम कंडेल,राकेश गुरुङ, मिना दर्लामी सारु, डम्बरमान श्रेष्ठ, जलालुद्दिन पठान, जमुना गुरुङ, सुमित्रा न्यौपाने, ज्योति गुरुङ, गणेश कुमार ज्ञवाली र मायादेवी चिदीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै १० जना सफल कृषकहरु रुपमाया पुन, शान्ति गुरुङ, हरिमाया बराल, सोनमती यादव, बुद्धिमाया आले, रुमिसरा सारु पुन, राधेश्याम लोध, मेहरसिंह थापा, कुम बहादुर गुरुङ र भविसरा कालुङगलाई सम्मान गरिएको थियो ।
त्यसै गरी आदर्श महिला समाज तिलोत्तमा–१३, अभिनासअनाथ आश्रम तिलोत्तमा–१५ कोटिहवा, बभनी आमा समूह तिलोत्तमा–१३ र दिप ज्योति सचेतना समूह सिद्धार्थनगर–८ लाई १५/१५ हजारको अक्षय कोष हस्तान्तरण गरिएको थियो । त्यस्तै दुर्गानगर मा.वि. तिलोत्तमा–१४, बभनी आधारभूत विद्यालय तिलोत्तमा–१३,लिलाराम न्यौपाने मा.वि. सिद्धार्थनगरलाई ५०/५० हजारको अक्षय कोष हस्तान्तरण गरिएको थियो ।
२ अर्ब ५ करोड कुल पुँजी रहेको सहकारीका कुल २० हजार ९ सय ५८ जना सदस्य रहेका छन् । १ अर्ब ६१ करोड बचत, १ अर्ब ६५ करोड ऋण लगानी रहेको सहकारीको संस्थागत कोष १५ करोड रहेको छ ।
सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले कोभिडको बेला ५० लाख भन्दा बढी रकम ब्याज छुट सदस्यहरुलाई दिइएको भन्दै आगामी वर्षमा रोजगार प्रबद्र्धनका कार्यक्रममा सहकारीले ऋण लगानीलाई प्राथमिकता दिने बताइन् । उनले अब २५ हजार शेयर सदस्य पु¥याउने र ३ वटा सेवा केन्द्र थप गर्दै सहकारीलाई अझ व्यवस्थित गर्दै लैजाने बताइन् ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रालय लुम्बिनी प्रदेशका सहकारी रजिष्टार श्रीधर ज्ञवाली, सहकारी प्रमुख ज्ञानहरी पन्थी,सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुन,सचिव सरु राना, लेखा समिति संयोजक अनिल थापा, व्यवस्थापक रन बहादुर थापा लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij