
बिहिवार , पौष २, २०७७
परासी, २ पुस ।
नवलपरासीको सुनवल नगरपालिकामा कोरोनाबाट प्रभावित १ सय ५८ जना व्यवसायीहरुलाई ३२ हजार रुपैयाँको दरले नगद अनुदान दिइने भइएको छ । युएस आइडी तयार नेपालको आर्थिक पुर्नलाभ कार्यक्रम अन्तर्गत ती लाभग्राही व्यवसायीहरुलाई उक्त शसर्त अनुदान रकम केही दिन भित्रै वितरण गरिने भएको छ ।
सुनवल नगरपालिकाले आयोजना गरेको आर्थिक पुर्नलाभ कार्यक्रमको शसर्त अनुदानका लाभग्राहीहरुसंग प्रतिबद्धता पत्रमा हस्ताक्षर कार्यक्रममा पहिलो चरणमा ७५ जनाको हस्ताक्षर संकलन गरी उक्त अनुदान रकम वितरण गर्न तयार नेपाललाई सिफारिस गरिएको छ ।
नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा भएको प्रतिवद्धता पत्रमा हस्ताक्षर कार्यक्रममा लाभग्राहीले निवेदन अनुसारको व्यवसाय सुचारु गर्न हस्ताक्षर गरेका हुन् ।
कोरोनाबाट प्रभावित व्यवसायीहरुको आर्थिक उपार्जनका लागि उनीहरुलाई पुर्नस्थापित गराउने उद्देश्यले उक्त शसर्त अनुदान रकम सोझै लाभग्राहीहरुको खातामा पठाइने तयार नेपालका फिल्ड अधिकृत छबिलाल सुनारले कार्यक्रममा जानकारी दिए । सुनारले भने ‘पहिलो चरणमा आज ७५ जनाको प्रतिबद्धतापत्रमा हस्ताक्षर संकलन ग¥यांै र भोली पर्सीमा थप ८३ जनाको हस्ताक्षर संकलन गरेपछि उहाँहरुको खातामा वा आईएमई मार्फत ३२ हजारका दरले ती १५८ जना लाभग्राहीहरुलाई अनुदान रकम हस्तान्तरण गरिनेछ ।’
कार्यक्रममा नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले यो शसर्त अनुदान रकम प्राप्त गरेपछि बदमासी नगरिकन आ–आफनो व्यवसाय संचालन गरी आयआर्जनमा ध्यान दिन लाभग्राहीहरुलाई सुझाव दिए । उनले लाभग्राहीहरुलाई नगरपालिकाबाट थप प्राविधिक सहयोग गर्ने र आवश्यक तालिमहरु समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सुनवल नगरपालिकाले कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा उत्कृष्ट कार्य गरेका र सरकारले निर्धारण गरेको मापदण्ड पुगेकाले यस कार्यक्रमका लागि
नगरपालिका छनौटमा परेको नगरप्रमुख थापाले बताउँदै नगरपालिकामा यो ५० लाख ५६ हजार अनुदान रकम गरिब व्यवसायीहरुको लागि निकै लाभदायी कार्यक्रम रहने विश्वास व्यक्त गरे । यो कार्यक्रम नेपालको १२ वटा स्थानीय तहहरुमा मात्र संचालनमा रहेको छ ।
युएस आईडी तयार नेपालको आर्थिक सहयोग तथा हिकोडेफको सहजीकरण र सुनवल नगरपालिकाको समन्वयमा संचालित उक्त आर्थिक पुर्नलाभ कार्यक्रम अन्तर्गत नगरपालिकाको १३ वटै वडाबाट गरी १५८ जना शसर्त अनुदान प्राप्तका लागि छनौटमा परेका छन् । नगरपालिकाले कोभिड–१९ बाट प्रभावित गरीब, एकल महिला, दलित, अपांग, पिछडा वर्गका व्यवसायीहरुलाई प्राथ्मिकतामा राखी केही मापदण्ड बनाएर वडा÷वडाबाट लाभग्राहीहरुको निवदेन माग गरेको थियो ।
वडा/वडाबाट संकलित लाभग्राहीहरुको निवेदनप्रति छानबीन हुँदा र मापदण्ड पुरा गरेको उक्त १५८ जना लाभग्राहीहरु यस अनुदानका लागि छनौटमा परेका हुन् ।
अनुदान रकम प्राप्त गरेका लाभग्राहीहरुले १५ दिनभित्रै व्यवसाय सुचारु गर्नु पर्ने, उक्त व्यवसायको नगरपालिका तथा परियोजनाबाट संयुक्त अनुगमन गरिने र कसैले नक्कली तथा झुटो विवरण पेश गरको पाइएमा अनुदान रकम फिर्ता गर्नुपर्ने उक्त प्रतिबद्धता पत्रमा शर्त राखिएको छ ।
कोभिड–१९ बाट बच्न र प्रामर्श दिन तयार नेपालले नगरपालिकामा सेवा प्रदान गर्ने उद्देश्यले हेल्प डेस्क पनि स्थापना गरेको छ । अनुदान रकम पाउने लाभग्राहीहरु अत्यन्तै खुशी व्यक्त गरेका छन् ।
कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल, तयार नेपालका फिल्ड अधिकृत छबिलाल सुनार, सुनवल नगरपालिका वडा १२ का अध्यक्ष यमलाल पाण्डे, सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले लाभग्राहीहरु यस अनुदानको सही सदुपयोग गर्ने र थालिने व्यवसायबाट बढी भन्दा बढी आर्थिक लाभ लिने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा १ का अध्यक्ष बिन प्रसाद बुढाथोकी, वडा १० का अध्यक्ष शेषकान्त अधिकारी, वडा ११ का अध्यक्ष देवीलाल डुम्रे, वडा १२ का अध्यक्ष यमलाल पाण्डे, वडा १३ का अध्यक्ष एवं सुनवल नगरपालिका प्रवक्ता कृष्ण प्रसाद देवकोटा, हिकोडेफका कार्यक्रम संयोजक शुक्रराज ओझा, नगरपालिका कर्मचारी पुरुषोत्तम ढकाल, दिपक तिवारी लगायतको पनि उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij