images
images

आइतवार, जेठ ६ गते २०८१

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना

प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना

images
images
images
सोमवार, मंसिर १२ २०७९
सोमवार, मंसिर १२ २०७९
  • प्रतिनिधिसभामा १३ दलको प्रतिनिधित्व, स्वतन्त्र मात्रै पाँच जना

    काठमाडौं, १२ मंसिर ।

    images
    images
    images

    हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको एक सय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा रहेको छ । यसैगरी, यसअघि प्रतिनिधिसभाा पहिलो दल रहेको एमाले कांग्रेसभन्दा नौ सिट कम रहदै ४१ स्थानमा विजय हासिल गरेको छ ।

    उता, अघिल्लो पटक ३६ सिटमा विजय हासिल गरेको माओवादी केन्द्र यसपटक १७ सिटमा सिमित भएर तेस्रो स्थानमा रहेको छ । माओवादी यसअघि पनि तेस्रो स्थानमा थियो । 

    एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले १० सिटमा विजय हासिल गरेर चौथो स्थानमा छ । यो पार्टी पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उठेको हो । 

    उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र पहिलो पटक निर्वाचन प्रक्रियामा सामेल भएको रवि लामिछाने नेतृत्वको समाजवादी पार्टीले ७–७ स्थानमा विजय हासिल गर्दै पाँचौ नम्बरमा रहेका छन् । जसपा यसअघि चौथौ स्थानमा रहेको थियो । 

    उता, अघिल्लो प्रतिनिधिसभामा एक सिटमा मात्रै सिमित भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक सात सिटमा विजय हासिल गरेको छ भने पाँचौ स्थानमा रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी चार सिटमा खुम्चिएको छ । 

    पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनाएको रेशमलाल चौधरी आवद्ध नागरिक लोकतान्त्रिक पार्टीले सुदुरपश्चिम प्रदेशवाट तीन सिटमा विजय हासिल गर्दा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी  र जनमत पार्टीले १–१ स्थानमा विजयी भएका छन् ।

    विगतमा माओवादी केन्द्रबाट विजय हासिल गर्दै आएका प्रभु साहले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार भई रहँदा मुलुकभर पाँच जनाले स्वतन्त्रबाट विजयी हासिल गरेका छन । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij