images
images

आइतवार, जेठ ६ गते २०८१

लागूऔषध प्रयोगकर्तालाई राहत वितरण

लागूऔषध प्रयोगकर्तालाई राहत वितरण

images
images
images
बुधवार, मंसिर १४ २०७९
बुधवार, मंसिर १४ २०७९
  • लागूऔषध प्रयोगकर्तालाई राहत वितरण

    बुटवल, १४ मंसिर ।

    images
    images
    images

    लागुऔषधको लतमा फसेका युवाहरुलाई सेभ द चिल्ड्रेनको साझेदारीमा कोभिड–१९ राहत अन्तर्गतको खाद्य सामग्री बुटवलमा एक कार्यक्रमकाबीच वितरण गरिएको छ । लागुऔषध तथा एचआईभी रोकथामको क्षेत्रमा कार्य गरिरहेको गैरसरकारी संस्था आस्था समुहले आफ्नो संस्थाबाट सेवा लिइरहेका र आर्थिक रुपमा विपन्न रहेका लागुऔषध प्रयोगकर्ताहरुलाई उक्त राहत वितरण गरेको संस्थाका अध्यक्ष केशवपुन मगरले जानकारी दिए ।

    उक्त कार्यक्रममा  राहत वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेले लागुऔषध दुव्र्यसनमा फसेका युवाहरुलाई यसको दलदलबाट निकाल्न सबै क्षेत्रवाट सहयोग गर्नुपर्ने बताउँदै उनीहरुका लागि नगरपालिकाबाट स्वरोजगार मुलक तालिमको व्यवस्था गरिदिने बताए ।

    कार्यक्रममा मौखिक उपचार पद्धती (ओएसटी)मा रहेका २१ जनालाई र रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तुका सुई सिरिन्ज कार्यक्रम तर्फका १२३ जना गरी जम्मा १४४ जना सेवार्थी लाई खाद्यान्न वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक हिमाल गौचनले जानकारी दिए ।

    Rahat astha1.jpg

    २०६४ सालमा स्थापना भई लागूऔषध तथा एचआईभी रोकथाममा कार्य गर्दै आइरहेको आस्था समुहले रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लामा कार्य गर्दै आइरहेको छ ।

    आस्था समुहका अध्यक्ष केशवपुन मगरको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंह, वरिष्ठ कार्यक्रम संयोजक सुवास श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सचिव सुजन पुनले सञ्चालन गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij