२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

१६ दिने अभियानमा घरेलु हिंसाविरुद्ध सचेतना 

बुधवार , मंसिर १४, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १४ मंसिर ।
    ‘सभ्य समाजको पहिचान लैगिक हिंसा विरुद्ध अभियान’ भन्ने नाराका साथ यस वर्षको लैगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । यसै सन्दर्भमा माइती नेपाल भैरहवाको आयोजनामा मंगलबार घरेलु हिंसाविरुद्ध कानूनी विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर ९ का २० जना महिलाहरुको सहभागीता रहेको थियो । 

    सहभागीहरुलाई माइती नेपाल भैरहवा आवधिक गृहका कार्यक्रम संयोजक माया क्षेत्रीले सहजीकरण गरेकी थिइन् । उनले घरेलु हिंसा ऐन २०६६ का बारेमा कानूनी कुराका साथै कहाँ कसरी उजुरी दिन सकिन्छ भन्ने प्रक्रियाका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।

    माइती नेपालको सभाहलमा भएको सो कार्यक्रममा महिला बाल अधिकार जिल्ला सन्जालका संयोजक समिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गोमा खत्री, सिर्जना भट्टराई, मालती पाण्डे, गीता टण्डन, शोभा खनाल, शोभा पौडेल, अन्जु पन्त लगायतले बोलेका थिए ।