images

बिहिवार, बैशाख १३ गते २०८१

बाजुरामा मतगणना सुरु हुँदै

बाजुरामा मतगणना सुरु हुँदै

images
images
images
बिहिवार, मंसिर १५ २०७९
बिहिवार, मंसिर १५ २०७९
  • बाजुरामा मतगणना सुरु हुँदै

    काठमाडौं, १५ मंसिर । निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणनाको तयारी भएको छ । एमाले र कांग्रेसबीच विवादका कारण बाजुराको मतगणना रोकिएको थियो । विवादका कारण बुढीनन्दा नगरपालिकामा मतदान स्थगित भएको थियो । १० मंसिरमै पुनः मतदान भए पनि गणना भएको थिएन ।

    images

    बुधबार निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान गर्नु नपर्ने निर्णय गर्दै मतगणना अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

    स्याङ्जा २ मा बुधबार रातिदेखि नै मतगणना जारी छ । तर बाजुरामा एमालेका प्रतिनिधि सर्वदलीय बैठकमा उपस्थित नभएपछि बिहीबार बिहानका लागि बैठक सारिएको थियो । बिहान बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । जसअनुसार केहीबेरमै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij