२०८३, जेठ ३ गते

May 17 2026 | २०८३, जेठ ३ गते

३२औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

आइतवार , जेठ ३, २०८३

  • 205
    Shares
  • 205
    Shares
  • काठमाडौं, ३ जेठ । ३२औँ पटक सगरमाथा आरोहण गरेर कामीरिता शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् । 

    कामिरिताले आज ९१७ मे २०२६ बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

    सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । उनी ‘एभरेष्ट म्यान’को उपनामले चिनिन्छन् । 

    सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान उनकै नाममा छ । उनलाई नेपालको राष्ट्रिय गौरव मात्र नभई विश्व पर्वतारोहण समुदायकै एक सर्वोत्कृष्ट प्रतीकको रुपमा लिइन्छ ।

    दुई सन्तान र पत्नीसहित काठमाडौंमा बस्दै आएका कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । सोलुखुम्बुको थामेका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।