images

शनिवार, बैशाख ८ गते २०८१

नेपालका लागि बेलायती राजदूतद्वारा लुम्बिनी भ्रमण 

नेपालका लागि बेलायती राजदूतद्वारा लुम्बिनी भ्रमण 

images
images
images
बिहिवार, मंसिर १५ २०७९
बिहिवार, मंसिर १५ २०७९
  • नेपालका लागि बेलायती राजदूतद्वारा लुम्बिनी भ्रमण 

    रुपन्देही । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदुत निकोला पोल्लिटले विहिबार लुम्बिनी भ्रमण गरेका छन् ।  

    images
    images
    images

    लुम्बिनी भ्रमणमा आउनुभएका राजदुत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी),  कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य सहितको टोलीले स्वागत गरे । 

    उक्त अवसरमा राजदुत निकोलाले मायादेवी मन्दिर, शान्तिदीपको अवलोकन गरेका थिए । भ्रमणका क्रममा बेलायती राजदुतावास र लुम्बिनी विकास कोष विच सहकार्य गरेर अगाडि बढ्नेबारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए ।  

    IMG_20221201_131236.jpg

    विश्वका बौद्ध भिक्षुणीहरुलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोँच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताए ।  

    उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो । उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोललाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij