images
images

आइतवार, जेठ ६ गते २०८१

न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट

न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट

images
images
images
शुक्रवार, मंसिर १६ २०७९
शुक्रवार, मंसिर १६ २०७९
  • न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट

    काठमाडौं । न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी ह्याकरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको छ ।

    images
    images
    images

    उकेराका सम्पादक केपी ढुंगानाले सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको बारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी दिएका छन् । ‘प्रकाशित समाचारप्रति कसैको आपत्ति भए कानुनी उपचारको बाटो खुल्ला हुँदाहुँदै सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी सामाग्री हटाउने आपराधिक कामको हामी भर्त्सना गर्दै यसबारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छौं,’ ढुंगानाले भने ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिक अवैध भएको र उनको सांसद पद खारेज हुनेलगायतका समाचार उकेराले प्रकाशित गर्दै आएको थियो । त्यसपछि उकेराविरुद्ध लामिछानेका प्रशंसक र समर्थक गाली बेइज्जतीमा उत्रिएको ढुंगानाको भनाइ छ । 

    उकेरा टिमले डिलिट गरिएका समाचार पुन: प्रकाशित गर्ने तयारी भइरहेकाे जानकारी दिएकाे छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij