२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

परिवेश बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा

शनिवार , मंसिर १७, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • तिलोत्तमा, १७ मंसिर ।
    परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका–११ को १२ औं वार्षिक साधारणसभा शनिबार तिलोत्तमास्थित ओम्नी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

    सहकारीका अध्यक्ष कपिला रायमाझीको अध्यक्षता, तिलोत्तमा नगरपालिका सहकारी विभाग प्रमुख कृष्ण प्रसाद पाण्डेयको आतिथ्यता, प्रतीक पाण्डेयको स्वागत तथा सचिव नविनराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा रुपन्देही बचत तथा ऋण सरकारी संघका अध्यक्ष प्रकाश भट्टराई, महेश ए.सी, रामप्रसाद भुसाल, तुल्सी गुरुङले बोलेका थिए । 

    कार्यक्रममा लेखा प्रतिवेदन राजु शर्मा भुसाल र कोषाध्यक्ष दुर्गा जि.सी.ले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा संस्थाका पूर्व संचालक समिति सदस्य, असल ऋणी र बचत कर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो । राजकिशोर मिश्रा, पुष्पा गाहा, डासुराम अर्जेल, विष्णु उदय, गोमा खाती र मरोणपरान्त संस्थाका संस्थापक कोषाध्यक्ष स्व. मोति बहादुर खडकाको परिवारलाई सम्मान गरेको संस्थाका सञ्चालक समिति सदस्य प्रतीक पाण्डेले बताए । २०६७ सालमा स्थापना भएका सहकारीमा हाल ४५२ जना शेयर सदस्य रहेको पाण्डेले जानकारी दिए ।