२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

त्रिशुल बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा सम्पन्न

सोमवार , मंसिर १९, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १९ मंसिर ।
    त्रिशुल बचत तथा ऋण सहकारी संस्था सिद्धार्थनगर–९, रुपन्देहीको १४ औं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । 

    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा नियमित बचत जम्मा गर्ने उत्कृष्ट बचतकर्ता माया देवी रसाइली, असल ऋणी हरिहर मुखीया, भगवती श्रेष्ठ र कर्मचारीहरूमा वित्तीय व्यवस्थापन तथा बजारीकरणमा उत्कृष्ट कार्यसम्पादन गर्ने दुर्गा भुसाल र सदस्यता अभिवृद्धिमा उत्कृष्ट कार्य सम्पादन गर्ने गीता खनाल प्रशंसापत्रसहित सम्मानित भएका हुन् ।

    संस्थाका उपाध्यक्ष धर्मेन्द्र कुमार श्रेष्ठले स्वागत तथा प्रबन्धक सरिता रानाले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । धीराकुमारी क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संस्थाका सल्लाहकार गोबिन्द प्रसाद रेग्मी, सिद्धार्थनगर नगरपालिका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, सिद्धार्थनगर वडा नम्बर १ का वडाअध्यक्ष उज्ज्वल पोखरेल, राष्ट्रिय सहकारी बैंक सिद्धार्थनगरका प्रबन्धक आलोक सिवाकोटी, सिटिजन्स लाइफ इन्स्योरेन्स भैरहवाका प्रमुख सन्तोष खनाल लगायतले बोलेका थिए ।

    कार्यक्रममा लेखा संयोजक केशवराज चुदालीद्वारा प्रस्तुत गरिएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन अध्यक्ष धीरा क्षेत्री, आर्थिक प्रतिवेदन सचिव नलिन शर्मा लगायतले पारित गरेका थिए ।

    करिब १ हजार ७ सय जना शेयर सदस्यहरूको उपस्थितिमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को नाफा बाँडफाँटबाट शेयर लाभांश कोषमा रहेको रकममध्येबाट ९ प्रतिशतका दरले शेयर लाभांश बाँड्ने समेत निर्णय गरेको प्रबन्धक सरिता रानाले बताइन् ।