images

शुक्रवार, बैशाख ७ गते २०८१

लुम्बिनीमा प्रदेशस्तरीय संवाद : स्थानीय तहलाई आर्थिक रुपमा बलियो बनाउनुपर्ने

लुम्बिनीमा प्रदेशस्तरीय संवाद : स्थानीय तहलाई आर्थिक रुपमा बलियो बनाउनुपर्ने

images
images
images
मंगलवार, मंसिर २० २०७९
मंगलवार, मंसिर २० २०७९
  • लुम्बिनीमा प्रदेशस्तरीय संवाद : स्थानीय तहलाई आर्थिक रुपमा बलियो बनाउनुपर्ने

    बुटवल, २० मंसिर ।

    images
    images
    images

    स्थानीय तहको आर्थिक विकासमा टेवा पुर्‍याउन पालिकाहरुलाई आर्थिक रुपमा बलियो बनाउनुपर्ने निष्कर्ष निकालिएको छ । स्थानीय तहको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले रुपन्देहीको लुम्बिनीमा आयोजित लुम्बिनी प्रदेशस्तरीय आर्थिक विकाससम्बन्धी दुई दिवसीय सम्वादमायस्तो निष्कर्ष निकालिएको हो ।

    स्थानीय आवश्यकता, पहिचान, व्यवस्थापन र कार्यान्वयन गरी दिगो आर्थिक विकासमा टेवा पुर्‍याउन र आर्थिक रुपमा पालिकाहरुलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने निकर्ष पनि कार्यक्रमले निकालेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना, जीआईजेट तथा एलपीआईडी नेपालको प्राविधिक सहयोगमा आयोजित आर्थिक विकाससम्बन्धी सम्वादमा स्थानीय तहको आवश्यकता, दीर्घकालीन योजना निर्माण र कार्यान्वयन, उद्यमशीलता विकास, रोजगारी सिर्जनासँगै आर्थिक विकासका सम्भावना र बिभिन्न कार्यविधिमा आधारित रहेर सम्वाद गरिएको थियो ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका २० वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको थियो । पहिलो दिनको सत्रमा रुपन्देहीका उद्योगी ब्यसायीसँग पनि आर्थिक विकाससँग सम्बन्धित विषयमा अनुभव आदानप्रदान गरिएको मन्त्रालयका उपसचिव एवं कार्यक्रम संयोजक राजेश गौतमले बताए । उनले पालिकाहरु बलियो भए स्थानीयस्तरमा रोजगारी सिर्जना हुने, उद्यमशीलता विकास हुने हुँदा यसबाट पालिका आर्थिकरुपमा सबल र सक्षम हुने बताए ।

    “पालिकाहरुले सबैभन्दा पहिले कहाँ के आवश्यक छ, त्यसको निक्र्यौल गरी योजना बनाएर अघि बढ्नुपर्छ”, उनले भने, “यसमा स्थानीयलाई र पालिकालाई लाभ हुने गरी योजना तर्जुमा गर्नुपर्छ, जसले पालिकालाई आर्थिकरुपमा बलियो बनाओस् र स्थानीयले रोजगारी पाउन् ।” गौतमले अहिलेसम्म सामाजिक विकासका कुराहरु मात्रै स्थानीयस्तरमा उठे पनि आर्थिक विकासका मुद्दाहरु ओझेलमा परेको जनाउँदै अब सामाजिक विकाससँगै पालिकाहरुलाई आर्थिकरुपमा पनि बलियो बनाउन जरुरी रहेको बताए ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले हरेक पालिकाले आआफ्नो क्षेत्रमा रहेका स्थानीय उत्पादन र पर्यटकीयस्थलहरुलाई प्रवद्र्धन गरेर त्यसबाट लाभ लिनुपर्नेमा जोड दिए । उनले पालिकाहरुमा धेरै सम्भावना भए पनि त्यसको उपभोग र प्रयोग हुन नसकेको जनाउँदै त्यसतर्फ आफूहरु लागेको बताए । “स्रोत हुँदासमेत त्यसको उपभोग गर्न नसक्दा पालिकाहरु आर्थिकरुपमा सबल हुन सकेका छैनन्”, उनले भने, “म निर्वाचित भएर आएपछि यसतर्फ केन्द्रित छु, पालिकाको आर्थिक विकाससँग स्थानीयलाई जोडेर अघि बढ्ने काम गरिरहेका छौं ।”

    छलफलमा भाग लिँदै लुुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले एकअर्का पालिकाले आर्थिक विकासमा गरेको अभ्यासलाई आदानप्रदान गरी स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गर्दै आर्थिक वृद्धितर्फ लाग्नु पर्नेमा जोड दिए । उनले स्थानीय तह बलियो भए त्यसको प्रत्यक्ष फाइदा स्थानीय नागरिकले लिन पाउने भएकाले सवैको सहकार्यमा स्रोत बृद्धिमा लाग्नुुपर्ने बताए । 

    बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सार्वजनिक, निजी संस्था र पालिकाको सहकार्यमा काम गरे धेरै सम्भावनाहरुले सार्थकता पाउने बताए ।
     
    नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले पालिकाहरुले निजी क्षेत्रसँग सहकार्य गरेर आर्थिक विकासका क्षेत्रमा फड्को मार्न सकिने बताए । उनले फोहोरलाई पनि मोहर बनाउन सकिने जनाउँदै यसका लागि पालिकाहरुले योजना ल्याउन जरुरी रहेको बताए । 

    पर्यटन व्यवसायी लिलामणी पौडेलले स्थानीय तहहरुमा धेरै सम्भावना हुँदासमेत त्यसको सही सदुपयोग नहुँदा आर्थिक विकासका क्षेत्रमा फड्को मार्न नसकेको बताए । उनले स्थानीय उत्पादनको ब्राण्डिङ गर्नुपर्नेमा जोड दिँदै स्थानीय सम्भावनाको खोजविन गरी उपयोग गर्नुपर्ने उल्लेख गरे । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij