२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

आइसीयू बेड हस्तान्तरण

शनिवार , पौष ४, २०७७

बुटवल, ४ पुस ।
मानव कल्याण मित्र मञ्च नेपालले तिलोत्तमा नगरपालिकाको स्वामित्वमा सञ्चालित स्वास्थ्य सेवा केन्द्रलाई आइसीयू बेड हस्तान्तरण गरेको छ ।

शनिबार तिलोत्तमाको शंकरनगरमा आयोजित मञ्चको वार्षिक साधारण भा कार्यक्रममा मञ्चले २ लाख ५२ हजार मूल्य बराबरको आइसीयू बेड तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा मञ्चले संस्थाको स्थापना दिवसको दिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा जन्मिने पहिलो १० बच्चालाई ३ हजार १ सय रुपैयाँको मुद्दती खाता खोलिदिने घोषणा समेत गरेको छ ।

मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको सभापतित्व तथा तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा मञ्चका संरक्षक पुरुषोत्तम भट्टराई, सल्लाहकार टेक बहादुर थापा, रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष कृष्ण नेपाल, नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, तिलोत्तमाका उद्योगी तथा समाजसेवी कृष्ण बहादुर गौतम लगायतले सामाजिक सेवाको क्षेत्रमा मञ्चले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

संस्थाका सल्लाहकार हरी प्रसाद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष अर्यालले वार्षिक प्रतिवेदन र सह–कोषाध्यक्ष मञ्जु भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सचिव कबिता पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।