२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको भावनाविपरीत :काङग्रेस

आइतवार , पौष ५, २०७७

भैरहवा, ५ पुस । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिसलाई नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश गम्भिरतापूर्वक लिएको जनाएको छ ।  

‘प्रधानमन्त्रीको यो कदम संविधानको मर्म र भावनाविपरीत रहेको छ, लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदम लोकतन्त्रलाई सिध्याउने बाटोमा उद्यत देखिएको छ, ’कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले आइतबार विज्ञप्ती जारी गर्दै भनेको छ । 

संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रधानमन्त्री भएसंगै ओलीमा देखिएको सर्वसत्तावादी महत्वकांक्षी यो चरणसम्म आइपुग्दा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।’ संसदीय दलले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन सम्पूर्णमा अपील समेत गरेको छ ।