२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

प्रचण्ड–माधव पक्षका सात मन्त्रीको संयुक्त राजीनामा 

आइतवार , पौष ५, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • काठमाडौं । संसद विघटनको निर्णयप्रति असहमति जनाउँदै प्रचण्ड र माधव नेपाल पक्षका सातजना मन्त्रीले सामुहिक राजीनामा घोषणा गरेका छन्।

    सिंहदरवारमा पत्रकार सम्मेलन गरी कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगरले राजीनामाको घोषणा गरेका हुन्। 

    पूर्व माओवादीबाटै मन्त्री बनेका गृहमन्त्री रामवहादुर थापा  र उद्योगमन्त्री लेखराज भट्टले भने अहिले सम्म राजीनामा दिएका छैनन्। 
    मन्त्रीहरुका तर्फबाट सामूहिक राजीनामा पत्र पढ्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति गम्भीर असहमति भएको जनाए।

    rajinama-patra.jpg