२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पर्यटक भित्र्याउने लक्ष्यसहित लायन्स डाईनामिक टुरिजम क्लब गठन

आइतवार , पौष ५, २०७७

बुटवल, ५ पुस ।
पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रियकरण गरी नेपालमा पर्यटक भित्र्याउने लक्ष्यसहित बुटवलमा पर्यटन क्षेत्रमा आबद्ध व्यवसायीहरुद्वारा लायन्स क्लब अफ डाईनामिक टुरिजम क्लब गठन गरिएको छ । 

रुपन्देहीमा होटल व्यवसायमा आवद्ध व्यवसायीको मात्र सहभागितामा गठन गरिएको डाईनामिक टुरिजम क्लबमार्फत पर्यटनको क्षेत्रमा बहुआयामिक रुपमा काम गर्ने लक्ष्य अगाडी बढाएको बताइएको छ । 

लायन्स क्लब अफ बुटवल भृकुटी टाउनको स्र्पोन्सरमा स्थापना गरिएको क्लबको आइतबार एक समारोहकाबीच क्लबको प्रिजेनटेसन गगरेको हो ।  पर्यटन व्यवसायी समुन्द्र जिसीको अध्यक्षतामा क्लब गठन गरिएको हो ।

लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका डिष्ट्रिक गर्भनर शम्भु नकर्मीले एक समारोहकाबीच क्लबलाई पीन र आधिकारिकता प्रदान गरेका हुन् । सो अवसरमा गर्भनर नकर्मीले लायन्स इन्टरनेशनलमार्फत नेपालको पर्यटन क्षेत्रको विकास प्रचारप्रसारमा टेवा पुर्याउने बताए । उनले नेपाली भाषालाई पनि अन्तर्राष्ट्रिय भाषाका रुपमा स्थापित बनाउनका लागि लायन्स क्लबबाट अभियान सुरु गरेको धारणा राखे । कार्यक्रममा पर्यटन व्यवसायी माधव नेपालले अन्तर्राष्ट्रिय रुपमा नमुना हुने गरी सामाजिक तथा पर्यटन सम्बन्धी काम गर्न क्लबलाई आग्रह गरे । 

लायन्स क्लब अफ ३२५ बी टु नेपालका फष्ट गर्भनर राम प्रसाद भटृ, सेकेन्ड गर्भनर सिबि चन्द भृकुटी लायन्सका अध्यक्ष यमकान्त गैरे, लायन्स क्लब अफ डाईनामिक टुरिजम क्लबका माधव कुमार खनाल, शोभाखर पोखरेल लगायतले समाज परिवर्तमा क्लबका माध्यमवाट योगदान गर्न गम्भिर हुन आह्वान गरे । सोही अवसरमा असहाय गरीबहरुलाई न्यायो कपडा वितरण र क्लबको कार्यालयको पनि शुभारम्भ गरिएको थियो ।