
आइतवार , पौष ५, २०७७
भैरहवा, ५ मंसिर ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रिय कार्यकारिणी सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री के.पी. ओलीको सिफारिस बमोजिम संसद विघटन हुनु संविधानविपरीत र नेकपाको सर्वसत्तावादी सोजको उपज भएको बताएका छन् ।
नेता शुक्लाले (नेकपा) भित्रको आन्तरिक कलहलाई समाधान गर्न नसकेपछि देश र जनतालाई धरापमा पार्ने गरी संसद विघटन गर्ने ओलीको कदमले जनताले नेकपालाई दिएको मतको अवमुल्यन समेत भएको बताए ।
नेकपामा ठूलो दल र बहुमतको सरकार भएको घमण्डले जनताको विश्वासलाई संस्थागत गर्न नसकेपछि आफुबाहेक अरु कोही होइन भन्ने अहमताले नेकपाको सर्वसत्तावादी उन्मुख ओली सरकारले संसद विघटन गरेर देश र जनतालाई धोखा दिएको नेता शुक्लाले आरोप लगाए ।
‘समृद्ध नेपाल, सुखी नेपालीको नारा बोक्ने तर घरभित्रको झगडा मिलाउन नसकेको रिसमा संसद नै बिघटन गरेर देशलाई झन जटिलतातर्फ धकेल्ने प्रयासले नेकपा देश र जनताको पक्षमा कहिल्यै हुन नसकेको उदाहरण प्रस्तुत भएको छ,’ शुक्लाले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij