२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पर्यटन परिषद र नाथमबीच सम्झौता

आइतवार , पौष ३, २०७९

बुटवल, ३ पुस ।
पर्यटन विकास परिषद र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती र परिषदका कार्यकारी निर्देशक रामु जोशीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । परिषदले आफनो वार्षिक कार्यक्रमअन्तरगत पर्यटकीय गन्तव्यहरुको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पर्यटन बजार व्यवस्थापनका साथै क्षमता विकासका कार्यक्रमहरु चलाउँदै आएका छन् ।

लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीहरुको मागलाई ध्यानमा राखेर आवश्यक तालिम र पाठ्यक्रम तयार गरी संचालन गर्ने तयारीमा रहेको उनले बताए । नाथम र परिषदबाट व्यवसायको गुणस्तर विधि, स्थानीय रुपमा उत्पादित रैथाने खानाको ब्राण्डिङ तथा समग्र पर्यटन व्यवसायको प्रवद्र्धनका निम्ति प्रदेशभर अध्ययन र अनुसन्धानको काम समेत गर्ने उनले बताए । पुस महिनामा रुपन्देही, बर्दिया, बाके र पाल्पा जिल्लामा पर्यटन व्यवसायलाई लक्षित गरि तालिम संचालन गर्ने तथा थप कार्यक्रमहरु तया भएको उनले बताए । प्रदेशमा आवश्यक जनशक्तिको पहिचान र दक्षता अभिवृद्धि र स्थानिय रोजगार उत्पादनमा विशेष जोड दिइने उनले बताए ।

लुम्बिनी प्रदेश सरकारबाट पर्यटन ब्यवसायको विकास, विस्तार र प्रवद्र्धन गरी लुम्बिनी प्रदेशलाई एक आर्कषक पर्यटनस्थलको रुपमा विकसित गर्न, राष्टिय र अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यहरु परिचित गराउने उद्येश्यका साथ परिषद गठन गरी संचालनमा ल्याएको छ ।