२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

सन्तोष पाण्डेय भन्छन्–‘नेता र कर्मचारी धनी बन्न खोजेसम्म अर्थतन्त्र बलियो हुन सक्दैन’

सोमवार , पौष ४, २०७९

भैरहवा, ४ पुुस । लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले नेता र कर्मचारी आर्थिक रुपमा सम्पन्न बन्न खोजेसम्म राष्ट्रको अर्थतन्त्र बलियो हुन नसक्ने जिकिर गरेका छन् । 

भैरहवामा सञ्चालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को समापन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रदेश सभा सदस्य पाण्डेयले मुलुक आर्थिक संकटमा रहेको बताए । उनले चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायी मारमा परेको बताए । उनले भने, ‘सबै मिलेर समस्या समाधान गर्नुपर्छ ।’ 

लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पाण्डेयले स्थायी मण्डप निर्माणका लागि स्थानीय तहले जग्गाको खोजी गर्नुपर्ने र भौतिक पूर्वाधारको जिम्मा प्रदेश सरकारले लिने बताए । उनले छिट्टै नै नयाँ सरकार बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रत्येक समस्या समाधान गर्न सहकार्य गरेर अगाडि बढ्छौं ।’