२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भारतीय अभिनेता विवेक ओवराय लुम्बिनी आउँदै

मंगलवार , पौष ५, २०७९

भैरहवा, ५ पुस । भारतीय अभिनेता विवेक ओवराय बुद्ध जन्मस्थल लुम्बिनी आउने भएका छन् । यही पुस ७ गते बिहीबार ओवराय लुम्बिनी आउने भएका हुन् । बिहीबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने र त्यसपश्चात उनले लुम्बिनी भ्रमण गर्ने कार्यक्रम रहेको छ । त्यसपश्चात सांझ भैरहवा र यस आसपास क्षेत्रका उद्योगी–व्यवसायी, स्थानीय तहका जनप्रतिनिधिलगायतसँग साँझ भेटघाट गर्ने कार्यक्रम संयोजक कृष्ण साह कानुले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित टाईगर प्यालेस रिसोर्टमा अभिनेता ओवरायले बिहीबार सांझ साढे ५ देखि ८ बजेसम्म भेटघाट गर्ने उनले बताए । व्यवसायी पुनम यादवको पहलमा लुम्बिनी आउन लागेका ओभरायले गर्ने भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनले बताए ।

ओवरायको लुम्बिनी भ्रमणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ । कार्यक्रम संयोजक साहले भने, ‘कोभिडका कारण थला परेको पर्यटन व्यवसाय प्रवद्र्धनमा ओवरायको भ्रमणले टेवा पुर्याउने विश्वास लिएका छौं । ओभराय पहिलोपटक नेपाल आएका छन् ।’