
बुधवार , पौष ६, २०७९
बाँके, ६ पुस ।
बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ । असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले मंगलबार मात्र १२ औँ गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरण लगायतको १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij