२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

राष्ट्रिय परिचय पत्रलाई रासन कार्ड भन्ने भ्रम परेपछि परिचयपत्र लिनेको भीड

सोमवार , पौष ६, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • काठमाडौं, ६ पुष । सरकारले वितरण गरिरहेको राष्ट्रिय परिचय पत्रलाई रासन कार्ड हो भन्ने भ्रममा परेर धनुषामा परिचयपत्र लिनेको भीड लागेको छ ।

    राष्ट्रिय परिचय पत्र पाएपछि दाल चामल जस्ता दैनिक उपभोग्य सामाग्री सहितका विभिन्न सरकारी सुविधाहरु उपलब्ध हुने भ्रम र अफवाह फैलिएका कारण भिड लागेको हो । 

    यस्ता भ्रम र अफवाह फैलिएका कारण जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारण परिचय पत्र लिनका लागि सदरमुकाममा ओइरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । कार्यालयका अनुसार स्थानीयले घरको कामकाज छाडेर जिल्ला प्रशासन कार्यालय धनुषामा परिचयपत्र लिनेको भीड लागेपछि व्यवस्थापनमै समस्या परेको छ । सरकारले स्थानिय तहमार्फत घरदैलोमै उपलब्ध गराउने भनेपनि सदरमुकाममा धाउनेको संख्यामा कमि आएको छैन । 

    राष्ट्रिय परिचयपत्र लिन आवश्यक भएपनि अहिले चलाइएको हल्लाको भरमा भीडभाड नगर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । कोरोनाको जोखिमलाई बेवास्ता गर्दै मेलामा झैँ भेला हुन आवश्यक नभएको बताउदै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले परिचय पत्र सेवाग्राहीको घर दैलोमै आलोपालो गरी स्थानीय निकायहरुमार्फत् वितरण गर्न टोली परिचालन गरेको जानकारी दिएका छन् ।