२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

राईड टु रानीमहल सिजन टु को टिसर्ट र ज्याकेट लन्च

सोमवार , पौष ६, २०७७

बुटवल, ६ पुस ।
राईड टु रानीमहल सिजन २ को तयारी पुरा भएको छ । रुपन्देही जिल्ला साईक्लिङ संघको आयोजना तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, साईन रेसुङा विकास बैक, बुटवल उपमहानगरपालिका, तानसेन नगरपालिकासहित विभिन्न संघ–संस्थाहरुको सहयोगमा पुस १० र ११ गते हुने कार्यक्रम हुँदैछ ।

सोमबार एक समारोहकाबीच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, मन्त्रालयका सचिव डा.राजन केसी, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डे, साईन रेसुङा विकास बैंकका डिपुटी सिइओ प्रकाश गुरुङले सामुहिक रुपमा टिर्सट तथा ज्याकेट लन्च गरेका छन । 

कार्यक्रममा मन्त्री गिरीले खेलकुदबाट व्यक्तिमा अनुशासनसंगै पर्यटन विकासमा समेत टेवा मिल्ने बताए । नेपालको ऐतिहासिक पर्यटकीय रानीमहलको प्रवद्र्धन गर्ने पवित्र उदेश्यका साथ हुन गइरहेको साईक्लिङको कार्यक्रममा प्रदेश सरकारको साथ रहेको उनले बताए । पर्यटन नै विकासको आधार भएको भन्दै यसमा युवाहरु नै अघि बढ्नुपर्ने उनले सुझाव दिए । 

रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले सबैको साथ र सहयोगबाट राष्ट्रियस्तरको साईक्लिङ कार्यक्रम गर्न लागेको बताए । कार्यक्रम पुस १० गते बुटवलको सामरिक, ऐतिहासिक स्थल जितगढी किल्लाबाट बिहान शुभारम्भ हुनेछ । कार्यक्रममा काठमाण्डौ, पोखरा, नेपालगंज, नारायणगढ लगायत स्थानबाट करिब १ सय ५० खेलाडीहरु सहभागी हुने उनले बताए ।