२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

सुनकाे मूल्य ४०० रुपैयाँले बढ्यो

बुधवार , पौष १३, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १३ पुस । बुधबार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६०० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २०० रुपैयाँ निर्धारण भएको थियो ।

     त्यसैगरी,  बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम रहेको छ ।