२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

आइतवार , पौष १७, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १७ पुस । सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ताेलामा ३०० रुपैयाँले बढेर छापावाल सुन तोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।  

    आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।