२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी प्रदेशलाई पर्यटनको प्रमुख केन्द्र बनाउँछौं : सन्तोष पाण्डेय

आइतवार , पौष १७, २०७९

भैरहवा, १७ पुस ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले लुम्बिनी प्रदेशलाई पर्यटनको मुख्य केन्द्र बनाइने बताएका छन् । आइतबार दाङको देउखुरीस्थित लुम्बिनी प्रदेशसभा भवनमा शपथग्रहण कार्यक्रम पश्चात खबरपात्रोसँग कुराकानी गर्दै पाण्डेयले लुम्बिनी प्रदेशलाई पर्यटनको माध्यमबाट विश्वभर चिनाएर पर्यटनको प्रदेश बनाउने बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका पाण्डेयले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखी समग्र प्रदेशलाई पर्यटकीय प्रदेशको रुपमा विकसित गर्ने बताए । उनले भने, ‘विश्वमा लुम्बिनी प्रदेश पर्यटनकै प्रदेश हो भन्ने हिसाबले अगाडि बढाउँछौं र चिनाउन सफल हुनेछौं । ’

लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा लोसपा लुम्बिनी प्रदेशका संयोजक समेत रहेका पाण्डेयले भौतिक पूर्वाधारको क्षेत्रमा विगतमा भएका कामलाई निरन्तरता दिदै बहुवर्षिय योजनालाई अघि बढाउने बताए । शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत विशेष काम गर्ने उनको भनाइ थियो । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन्।