images

शनिवार, बैशाख ८ गते २०८१

माओवादी नेता पोखरेलले किन महोत्तरी पुगेर योगेश भट्टराईलाई सम्झिए ?

माओवादी नेता पोखरेलले किन महोत्तरी पुगेर योगेश भट्टराईलाई सम्झिए ?

images
images
images
सोमवार, पौष १८ २०७९
सोमवार, पौष १८ २०७९
  • माओवादी नेता पोखरेलले किन महोत्तरी पुगेर योगेश भट्टराईलाई सम्झिए ?

    महोत्तरी, १८ पुस ।

    images
    images
    images

    माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणी पोखरेलले महोत्तरी पुगेर नेकपा एमालेका सचिव योगेश भट्टराईलाई सम्झिएका छन् ।

    काठमाडौं विश्वविद्यालयअन्तर्गतको प्रतिष्ठित न्याथम कलेज मधेश प्रदेशमा स्थापना गर्न सहयोग गरेको स्मरण गर्दै भट्टराईलाई पोखरेलले सम्झिएका हुन् ।

    'वहाँले पर्यटन मन्त्रालयको नेतृत्व गर्दा यो सम्भव भएको हो वहाँ नभएको भए मैले मात्र देश कै प्रतिष्ठित कलेज ल्याउन सम्भव हुदैन्थ्यो,' उनले भने ।

    ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट पहिलो ब्याचका विद्यार्थीको स्वागत र अभिमुखिकरण कार्यक्रममा सहभागी हुन पुगेका पोखरेलले नेपाल एकेडेमी अफ टुरिस्म एण्ड होटल म्यानेजमेन्टको स्थपानाले मधेशमा शैक्षिक विकासको अर्को इट्टा थपेको बताए ।

    आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा निक्कै मेहनत गरेर न्याथम कलेजको स्थापना गरेको बताउँदै नेता पोखरेलले काठमाडौं विश्वविद्यालयय जस्तो प्रतिष्ठित विश्वविद्यालय पहिलो पल्ट मधेशमा स्थपना भएकोप्रती खुसी ब्यक्त गरे ।

    अध्ययन गरिरहेका र गरिसकेका विद्यार्थी राष्ट्रिय, अन्तराष्ट्रिय बजारमा बिकिरहेको बताउँदै प्रावधिक धारका यस्ता कलेजले नै देशलाई आत्मनिर्भर र सुखी बनाउनेमा  पोखरेलले धाणा राखे ।

    पोखरेलले आफू मन्त्री हुँदा नै सिक, पढ र कमाउ भन्ने अवधारणा अगाडि ल्याएको र सोहीअनुसार प्रावधिक धारका कलेज स्थपना भएको स्मरण गरे ।

    निर्मल लामा वहुप्राविधिक शिक्षालय खयरमाराको उदाहरण दिँदै नेता पोखरेलले भने, 'अहिले त्याहा विद्यार्थी पढ्दै छन् । सिक्दै छन् । अनि कमाउँदै छन् । केही पैसासमेत बचाइरहेका छन् ।`

    १९७२ मा एउटा तालिम केन्द्रकोरुपमा स्थपना भएको न्याथम अहिले काठमाण्डौ विश्वविध्यालयको प्रतिष्ठित  अंगकोरुपमा विकाश भएको छ ।

    सांस्कृतिक तथा पर्यटन मन्त्रालयबाट सञ्चालित न्याथमले ब्याचलर इन होटल म्यानेजमेन्ट मात्र हैन पर्यटन पर्द्धनका लागि जनसक्ति उत्पादनमा समेत ध्यान दिँदै आएको छ । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij