२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रतिनिधिसभा विघटनविरुद्ध जसपा रुपन्देहीद्वारा भैरहवामा प्रदर्शन

बुधवार , पौष ८, २०७७


भैरहवा, ८ पुस ।
प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देहीले बुधबार भैरहवामा र्‍याली तथा विरोध प्रदर्शन गरेको छ । केपी ओली सरकारको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन गरिएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए ।

सिद्धार्थनगर–४ उद्योगपुरीस्थित जसपा रुपन्देही जिल्ला पार्टी कार्यालयबाट सुरु भएको र्‍याली गल्लामण्डी, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको जसपा लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले जानकारी दिए ।

सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पूर्व वनमन्त्री मोहम्मद वकिल मुसलमानले संविधानमै व्यवस्था नभएको प्रतिनिधिसभा संसद विघटन गरेर ओली सरकारले असंवैधानिक कदम चालेको बताए । उनले गणतन्त्रको संरक्षण ओली नेतृत्वको सरकारबाट हुन नसक्ने दावी गरे । पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर)ले ओली सरकारबाट न्यायको आशा गर्न नसकिने बताए । केन्द्रीय सदस्य अतिअुल्लाह मुसलमानले नेपालको नागरिकले राजतन्त्र फालेकोले प्रधानमन्त्री ओलीलाई पनि हटाउन समय नलाग्ने बताए ।

जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले संविधानलाई मिचेर प्रतिनिधिसभा विघटन गरिएको बताए ।
जसपाका केन्द्रीय सदस्य किस्मत वि.क.ले प्रधानमन्त्री ओलीको कदमविरुद्ध जनताले धावा बोल्ने बताए । पार्टीका नेता ओमप्रकाश यादवले कम्युनिष्ट सरकारलाई जनताको सरकार भन्न नमिल्ने बताए ।

IMG_8747.JPGलुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले तीन करोड नेपाली जनतालाई दुःखी बनाएको बताए । जसपा लुम्बिनी प्रदेश सदस्य रामु यादवले नेकपाभित्रको आन्तरिक किचलोले प्रधानमन्त्री ओलीले दादागिरी शैलीमा असंवैधानिक कदम चालेको बताए ।

जसपाका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले देशमा कम्युनिष्ट सरकार आवश्यक नभएकोले अब जसपा नेतृत्वको सरकार बन्नुपर्ने बताए । जसपा वरिष्ठ नेता महेन्द्र यादवले प्रतिनिधिसभा विघटन गरेर ओलीले अलोकतान्त्रिक कदम चालेको बताए । पार्टीका नेता मोहनलाल यादवले ओलीको निरकुंश शैलीविरुद्ध जनता सडकमा उत्रिएको बताए ।

जसपा रुपन्देहीका सचिव सोमनाथ शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।IMG_8718.JPGIMG_8709.JPGIMG_8731.JPG