२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

पेट्रोलियम पदार्थको मूल्य घट्यो

सोमवार , पौष २५, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २५ पुस । 

    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । 

    निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ घटाएको छ ।

    निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो ।

    त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ । एलपी ग्यासको भने मूल्य यथावत एक हजार ८ सय रूपैयाँ छ । न्युज कारखाना