२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा

मंगलवार , पौष २६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २६ पुस । कृषि विकास बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले लाभांश शेयरधनीहरूलाई १३ प्रतिशतले लाभांश वितरण गर्ने भएको छ ।

    बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र कर करसमेत गरी ११ प्रतिशत नगद लाभांश गरी शेयरधनीहरुलाई १३ प्रतिशत बोनस वितरण गर्ने भएको छ । 

    कम्पनीले नेपाल अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले नगद लाभांश दिने जनाएको छ । बैंकले गत वर्ष २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गरेको थियो । न्युज कारखाना