२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

संसद पुनर्स्थापना हुनैपर्छ : चित्रबहादुर केसी

बिहिवार , पौष ९, २०७७

बुटवल, ९ पुस ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले गरेको असंवैैधानिक कदमको सर्वोच्च अदालतले निकास दिनुपर्ने बताएका छन् । उनले अब संसद पुनर्स्थापनाको विकल्प नभएको बताए । 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बिहीबार बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेकपाभित्रको गुटको विवाद समाधान गर्न नसकेर ओलीले संसद नै भंग गरेर ‘कु’ गरेको बताए । 
उनले भने, ‘यस्तो काम पनि गर्ने हो, आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान गर्ने ओलीलाइ अधिकार छैन, अदालतको निर्णयले अब संसद पुनस्र्थापना गर्नुपर्छ । देश कोरोनाका कारया तहसनहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बौ रकम सक्ने, दलालहरुलाइ अवसर दिने, अवसरवादीलाई अगाडी ल्याउने काम हुन्छ, यसो हुँदा झन् राजनीति खतम हुन्छ, ’उनले भने ।

उनले संसद विघटनको विरुद्धमा सर्वोच्चले आदेश दिनुपर्ने भन्दै उनले मुलुकलाई दुर्घटनाबाट जोगाउनुको विकल्प नभएको बताए । ‘अब सबै प्रजातन्त्रवादी शक्तिहरु एक हुनुपर्छ, गलत कामको विरोधमा पत्रकार, नागरिक समाज तथा सरोकारवाला सबैले पनि भुमिका खेल्नूपर्ने बेला आएको छ, उनले भने । संघीयता मनैदेखि मान्न प्रधानमन्त्री ओली कहिले पनि तयार नभएको भन्दै नेता केसीले संघीयता खारेज गर्नुको विकल्प नभएको समेत तर्क गरे ।

नेपालमा कम्युनिष्ट पार्टी नै नरहेको भन्दै उनले कम्युनिष्टको नाममा खोल ओढ्नेहरुको बिगबिगी रहेको समेत टिप्पणी गरे । उनले स्थानीय तहलाई बलियो बनाउने र प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने धारणा राखे ।

क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लबका सचिव कपिल ज्ञवालीले गरेका थिए ।