२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

संसद विघटनको विरोध गर्दै भैरहवामा राँके जुलुस

बिहिवार , पौष ९, २०७७

भैरहवा, ९ पुस । 
संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेताहरुले भैरहवामा राँके जुलुस निकालेका छन् । बिहीबार सांझ भैरहवाको देवकोटा चोकबाट निस्केको जुलुस नयाँ सडक हुँदै बर्मेलीटोलमा पुगेर समापन भएको विद्यार्थी नेता कपिल चापागाईले बताए ।

राँके जुलुस पश्चात बोल्दै अनेरास्ववियू केन्द्रीय सदस्य लक्ष्मी के.सी.ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले जनतामा निराशा छाएको बताइन् । अनेरास्ववियू रुपन्देही जिल्ला सह–संयोजक विष्णु खत्रीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग गरे ।132855059_3326714644122802_7559938321550719821_n.jpg