२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सातै प्रदेशमा सत्तारुढ नेकपा ओली समुहका प्रदेश संयोजक तोकिए 

शुक्रवार , पौष १०, २०७७

काठमाडौं, १० पुस ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको जारी केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीका प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अपराह्न बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्नुका साथै नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको जनाएको छ । बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टी महासचिव बिष्णु पौडेलले यसअघि नेता प्रचण्डलाई दिइएको जिम्मेवारी सबै बदर गरिएको जानकारी गराएका छन् ।

बैठकले प्रदेश नम्बर १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ । बैठकले जनवर्गिय संगठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई दिएको महासचिव पौडेलले जानकारी दिए ।