२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

शुक्रवार , पौष २९, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २९ पुस । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन तोलाको एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख तीन हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुनको मूल्य हिजो तोलाको एक लाख दुई हजार नौ सय रुपैयाँ निर्धारण भएको थियो ।

    शुक्रबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।