
शुक्रवार , पौष १०, २०७७
बुटवल, १० पुस ।
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले मुलुकभरका होटल व्यवसायीहरुले सरकारी सेवासुविधा लिनका लागि पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न आग्रह गरेक छन् । उनले ठुला लगानीका व्यवसायीले सरकारवाट राहत लिनका लागि अनिवार्य रुपमा पर्यटन वोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता गर्न जरुरी रहेको औल्याए । मुलुकभर ८० हजार होटल व्यवसायी रहेको र उनीहरुले वार्षिक २० अर्ब सरकारलाई कर तिर्ने गरेको समेत अध्यक्ष शाहले बताए ।
उनले होटल तथा पर्यटन व्यवसायीले मुलुकमा ३ खर्ब रुपैयाँ लगानी गरेकोले लगानीको सुरक्षाका लागि सरकार गम्भिर हुनुपर्नेमा जोड दिए ।
कोरोना महामारीले थला परेको होटल व्यवसायीलाई सरकारी सर्पोट ल्याउनका लागि पनि अनिवार्य रुपमा पर्यटन बोर्ड र पर्यटन विभागमा व्यवसाय दर्ता पर्ने भएकोले दर्तामा जान व्यवसायीलाई आह्वान गरे ।
बुटवलको राजमार्ग चौराहामा शुक्रबारदेखि नयाँ व्यवस्थापन र आधुनिक शैलीमा संचालमा ल्याइएको रिज विन्स क्याफे एण्ड रेष्टुरेण्टको शुभारम्भ गदै अध्यक्ष शाहले व्यवसायीलाई सहुलियतपूर्ण ऋणका लागि महासंघले ग्लोबल आईएमई बैंकसंग सम्झौता गरेको पनि बताए ।
रिज विन्स क्याफे एण्ड रेष्टुरेण्टका संचालक यमु थापाले आधुनिक शैली र पारिवारीक रुपमा व्यवस्थापन गर्ने गरि २ करोडको लागतमा व्यवसाय संचालन गरेको बताए ।
कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, रुपन्देहीका महासचिव माधव कुमार खनाल, म्यानेजर महेश सिंह, अर्जुन थापा, नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवाल लगायतले पर्यटन व्यवसाय कोरोनाले धरासायी भएकोले सरकारले राहत प्रदान गर्न माग गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij