
शुक्रवार , पौष १०, २०७७
बुटवल, १० पुस ।
रुपन्देही व्यापार संघमा आवद्ध मार्वल, टायल तथा रंगरोगन व्यवसायीहरुको भेला बुटवलमा सम्पन्न भएको छ । भेलाले संघको वस्तुगत उपसमिति पुर्नगठन गरी नयाँ टायल, मार्वल, तथा रंगरोगन वस्तुगत उपसमिति गठन गरेको छ ।
नवगठित उपसमितिको संयोजकमा कमल भुसाल तथा सह–संयोजकमा भरतमणी न्यौपाने रहेका छन् भने सचिवमा राजन न्यौपाने र कोषाध्यक्षमा चिरञ्जीवी खनाल रहेका छन् । समितिको सदस्यहरुमा मेघराज ढकाल, प्रकाश चुदारा, भिल्लु न्यौपाने, नारायण ज्ञवाली र मोहन भण्डारी रहेका छन् ।
संघको सचिवालयमा भएको भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष यमलाल लोहनीले व्यवसायी एकता र समृद्धिका लागि व्यवसायिक सक्रियता आजको आवश्यकता भएको कुरामा जोड दिदै अप्ठ्यारो स्थितिमा विचलित नभएर समस्यासंग जुध्न आग्रह गरे । उनले व्यवसायीहरुको समस्यामा संघले सधै आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्दै उपभोक्ताहरुको मन जितेर व्यवसाय प्रर्वद्धनमा लाग्न सकेमा मात्र सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यसमिति सदस्य प्रकाश पौडेलको अध्यक्षता तथा कमल भुसालको सञ्चालनमा भएको कार्यक्रममा संघका महासचिव दयानिधि भण्डारी, सह–सचिव फर्सुराम पन्त, हेम बहादुर थापा, कार्यालय प्रमुख सरोज पोखरेल लगायत बोलेका थिए । सो अवसरमा बोल्ने वक्ताहरुले कोभिडका कारण व्यवसायमा परेको प्रभाव परेकोतर्फ राज्यले व्यवसाय सुधारका लागि राहत प्रदान गर्न नसकेको गुनासो गर्दै व्यवसायी व्यवसायीवीचको अस्वस्थ प्रतिष्पर्धालाई अन्त गर्न सुझाव दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij