
बिहिवार , माघ ५, २०७९
काठमाडौं, ५ माघ । प्रतिनिधिसभा बैठकमा सभामुख चयन प्रक्रियाअघि बढिरहेको छ ।
जारी बैठकमा विपक्षी दलको तर्फबाट सभामुखको पदमा ईश्वरीदेवी न्यौपानेको नाम प्रस्ताव गरिएको छ । जारी बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । यसअघि सत्तारुढ दलको तर्फबाट सुवास नेम्वाङले सभामुखमा देवराज घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij