२०८३, कार्तिक १३ गते

Oct 30 2026 | २०८३, कार्तिक १३ गते

‘मेरो इनिङभन्दा टोलीको दुई अंक महत्वपूर्ण थियो।’ : कप्तान सोमपाल कामी

शुक्रवार , कार्तिक १३, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, १३ कार्तिक । विराटनगर किङ्समाथि यादगार प्रदर्शनसहित जित दिलाएका कर्णाली याक्सका कप्तान सोमपाल कामीले खेल मात्र होइन नेपाल प्रिमियर लिगको तेस्रो संस्करण पनि जित्ने विश्वास व्यक्त गरेका छन् । 

    खेलपछि पत्रकार सम्मेलनमा उनले आफूले भन्दा पनि समग्र कर्णाली याक्सको टोलीले राम्रो खेलेको उल्लेख गर्दै आगामी खेलमा पनि निरन्तरता दिने बताएका छन् । आजको पिचमा १८० रनको लक्ष्य पूरा गर्न सकिन्छ भन्ने लागेको उनले भनाइ थियो । तर १०÷१५ रन बढी बेहोरे पनि पावर प्लेमा राम्रो गर्न सके जित्ने विश्वास रहेको सोमपालले उल्लेख गरे ।

    पावरप्लेमा राम्रो गरे पनि विकेट जाँदा दबाबमा रहेको उनको भनाइ छ । ५ विकेट गएको स्थितिमा प्रशिक्षक ज्ञानेन्द्र मल्लले आफूलाई पठाएको बताए । पवन सर्राफ र गुलसन झालाई राम्रो साझेदारी दिएको सोमपालले बताए । गुलसनको प्रदर्शनबाट आफू धेरै खुशी रहेको उल्लेख गरे । 

    आज आफ्नो र कर्णालीको दिन रहेको र जित्न सफल भएको उनी बताउँछन् । अघिल्ला खेलमा युनिस सिंह ठकुरी र आज आफूले राम्रो गर्न सक्दा जित पाएको उल्लेख गर्दै सोमपालले आगामी खेलमा अन्य खेलाडीले राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् । आफूले टियुमा शुरु गरेको दिनबाट आज हेर्दा धेरै खुशी लागेको उनी बताउँछन् ।