
शुक्रवार , माघ ६, २०७९
काठमाडौं, ६ माघ ।
नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ । उनलाई पक्राउ गर्न गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो ।
कर्तब्य ज्यान मुद्दामा तारेख गुजारी फरार महतोलाई पक्राउ गरी कानुनबमोजिम कारबाही अघि बढाउन गृहले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । उनी महोत्तरी-१ बाट निर्वाचित सांसद हुन् । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij