२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

सुनको मूल्य घट्याे, चाँदीकाे भने स्थिर

आइतवार , माघ ८, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडाै‌, ८ माघ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।सुनको मूल्य   प्रतितोला दुई सय रुपैयाँ घटेको हो। यसअघि गत साताकाे कारोबार दिन शुक्रबार तोलामा सात सय रुपैयाँ बढेको थियो ।   

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएके थियो । 

    आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।