शुक्रवार, चैत्र १७ गते २०७९

सीमा क्षेत्रबाट २ लाख बराबरको खसीबोका बरामद

सीमा क्षेत्रबाट २ लाख बराबरको खसीबोका बरामद

images
images

खबर पात्रो

८, माघ २०७९
  • 9.7K
    SHARES
  • सीमा क्षेत्रबाट २ लाख बराबरको खसीबोका बरामद

    भैरहवा,८ माघ । सीमामा कडाईगरेसँगै भारतबाट नेपाल भित्र्याइएका  खसी सशस्त्र प्रहरीले बरामद गरेको छ । भन्सार छलेर नेपाल आयात गरिएका खसी सशस्त्र प्रहरी बल नेपाल, बि.ओ.पि. बयरघाटले नियन्त्रणमा लिई भन्सार पठाएको हो । अवैध रुपमा मासुजन्य बस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै सशस्त्र प्रहरी सक्रिय रुपमा ती बस्तुहरु पक्राउ गरिरहेको छ । भारतबाट भित्रिएका मासु जन्य पशुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै गृहमन्त्रालयले अवैध रुपमा नेपाल भित्रिने त्यस्ता बस्तुकोे आयात रोक्न सरोकारवालव निकायलाई निर्देशन गरेको थियो ।

    भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपािलका १२ कालिदह आज्मा क्षेत्रबाट सशस्त्र प्रहरी निरिक्षक तेजराज शर्माको कमाण्डले ७ वटा खसी बरामद गरेको हो । व्यवसायिक प्रयोजनका लागि अवैध रुपमा खुला सीमा नाका हुँदै लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा करिब २ लाख रूपैयाँ बराबरको खसीबोका बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।

    images

    पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा लागेको सुरक्षा निकायले तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाई गरेकोे छ । बि.ओ.पि.को कमाण्ड सम्हालेसँगै शान्ति, सुरक्षा, चोरी निकासी नियन्त्रण गर्दै राजश्व बृद्धिमा योग्दान भइरहेको छ ।

    पछिल्लो ५ महिनाको अवधिमा मात्रै यो क्षेत्रबाट एक करोड बराबरको अवैध चोरी पैठारीका चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल, बि.ओ.पि. बयरघाटले जानकारी दिएको छ । 

    सरकारले आर्थिक वर्ष २०७७/७८ देखि खसी, बोका र राँगा आयातमा रोक लगाउने निर्णय गरेको थियो । खुला सीमा नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ । सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपंक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको हो ।

    राजश्व संक्लनमा पनि कमी आएको भन्दै सिमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सिमा विन्दुमै सक्रियता बढाएको हो । न्यूज कारखाना 

    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - १४:३३:५६ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend