images

शनिवार, बैशाख १५ गते २०८१

राज्यको गलत नीतिका कारण व्यवसायीहरु पलायन भए : क्षेत्री 

राज्यको गलत नीतिका कारण व्यवसायीहरु पलायन भए : क्षेत्री 

images
images
images
शनिवार, पौष ११ २०७७
शनिवार, पौष ११ २०७७
  • राज्यको गलत नीतिका कारण व्यवसायीहरु पलायन भए : क्षेत्री 

    बस ट्रक लगाएतका ठुला सवारी साधन र यातायात ब्यबसायीहरुको दवदवा रहेको अवस्थामा पीकअप, जीप, भ्यान लगाएतका साना तथा मझौला ढुवानीका साधन संचालन गर्ने स्वरोजगार ब्यबसायीहरुलाई संगठित गर्ने र उनिहरुको हकहित संरक्षणका लागि आवश्यक गतिबिधी गर्ने जस्ता उद्देश्यका साथ स्थापना भएको लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सँपन्न हुँदैछ। छरिएर रहेका ब्यबसायीहरुलाई संगठित गर्ने र एकताबद्ध बनाई संस्थाको र स्वयं ब्यबसायीहरुको ब्यबसायिक उत्थानका लागि आवश्यक कार्यहरु गर्ने सवालमा झण्डै एक दशकदेखि निरन्तर खटिई रहेका संस्थाका संस्थापक अध्यक्ष लक्ष्मण क्षेत्रीसँग स्थापना कालदेखि हालसम्म आउदा गरिएका प्रयासहरुका बारेमा खबरपात्रो डटकमले गरेको कुराकानीको सम्पादीत अशं। 

    images

    १. समग्र रुपमा स्थापना कालदेखि हालसम्म आईपुग्दा यहाँको कार्यकाल कस्तो रह्यो? संस्था स्थापना गर्नुको उद्देश्य के थियो?

    खासगरि ठुला सवारी साधन संचालन हुन नसक्ने साना बाटा तथा गल्लीहरुमा सामान ढुवानी गर्ने जीप भ्यान पीकअपहरु असंगठित रुपमा छरपस्ट रुपमा संचालन हुँदा बिभिन्न समस्याहरु भोग्नु परिरहेको अवस्थामा त्यसलाई ब्यबस्थित गर्ने र त्यसमा पनि स्वरोजगार ब्यबसायीहरुको हकहितका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने उद्देश्यका साथ लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको स्थापना भएको हो। 
    राष्ट्र निर्माणमा मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्र र हामी जस्ता साना मझौला व्यवसायीहरुद्धारा साना मझौला सवारी साधनहरुले सेवा दिइरहेको तर आफ्नो गुनासा तथा समस्याहरु राख्ने ठाँउ नपाएर भौंतारिई रहेको अवस्थामा संस्थाको आवश्यता अनुसार यस संस्थाको स्थापना २०७० श्रावण १५ गते मेरो अध्यक्षतामा ७ सदस्य तदर्थ समिती गठन गरि २०७० साल माघ ८ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विधिवत रुपमा दर्ता भई आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ।

    २.यस संस्थाले आजसम्म गरेका गतिविधीहरुबारे बताईदिनुस् न ?
    यस संस्थाले स्थापना काल देखिनै आफ्नो ब्यबसायिक हकहित संरक्षणका साथसाथै सामाजिक उत्तरदायित्व बहन गर्ने सवालमा सवारी दुर्घटनाबाट घाइते भएकाहरुले रगतको अभावमा अकालमा ज्यान गुमाउनु नपरोस भनि वर्षमा २ पटक रक्तदान कार्यक्रम संचालन गर्दै त्यसलाई निरन्तरता दिदै आएका छौं। भुकम्प, बाढी पहिरो, आगलागी जस्ता दैवीप्रकोप तथा भवितव्यमा हुनसक्ने जोखिम तथा क्षति न्यूनिकरण गर्नका सक्दो सहयोग उपलब्ध गराउँदै हाम्रो संस्थाले आफ्नो दायित्व निर्वाह गर्दै आएको छ। रुपन्देहीमा रहेको विभिन्न संस्थाको संञ्जालसंग सहकार्य गर्दै आईरहेको छ भने संस्थाले राहत वितरण, बृद्धाश्रम बुटवल २ मा रहेको शिवकुमारी सैजुं बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई तिर्थस्थल भ्रमण, बालगृहमा आवश्यक घरायसी सामाग्रीहरु, पानी तान्ने मोटर हस्तान्तरण लगाएतका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छौं । संस्थाले दुर्घटना न्यूनिकरणमा टेवा पुराउने उद्देश्यले विभिन्न समयमा चालकहरुका लागि तालिम, टा«फिक जनचेतना सम्बन्धी प्रशिक्षण लगाएतका कामहरु गर्दै आएको छ। त्यस्तै सामाजिक तथा ब्यबसायिक उत्तरदायित्व अन्र्तगत हामीले व्यवसायीहरुको २ लाख र मजदुर तथा कर्मचारीको १० लाखदेखि १५ लाख एवं कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको १५ लाखको दुर्घटना विमा गरि ब्यबस्थित गर्ने प्रयत्न गरिएको छ । संस्थाले व्यवसायीहरुलाई दिने सेवा सुविधाहरुमा प्रथम पक्ष अधिकतम टोचन सहित रकम ३० हजार र तेस्रो पक्षमा ७ लाखसम्म दिने ब्यबस्था मिलाइएको छ। र निकट भविष्यमै यो तेस्रो पक्षलाई सतप्रतिशत बनाउने योजना समेत हामीले लिएका छौं। 

    laxman.jpg

    ३. संस्था स्थापनादेखि हालसम्म आईपुग्दा उत्पन्न समस्या तथा चुनौतिहरु के–के छन्? 
    स्थापना कालमा ८५ वटा सवारी साधनबाट हाम्रो यात्रा शुरु भएकोमा पाँचौं साधारण सभा सम्म आईपुग्दा बढेर ४ सयवटा सदस्य संख्या पुगेको छ। हाल यो सातौं साधारण सभा गर्दै गर्दा यो संख्या घटेर २ सय ५० मा सिमित हुन पुगेको छ। यो संख्या घट्नुको कारण हामी नभई नेपाल सरकारले विभिन्न समयमा गरेका निर्णयले व्यवसायीहरुको हितमा नभएका कारण हाम्रा सदस्यहरु दोधारमा रहेको हुनाले यो संख्या घट्न गएको हो। प्रालीको अवधारणा ल्याउनु नै हामीसँग रहेका स्वरोजगार व्यवसायीहरुका लागि घातक भएको र व्यवसायीहरु पलायन हुन बाध्य बनाएको हो।राज्यले नीति तथा नियमहरु बनाउने क्रममा सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग सल्लाह तथा परामर्श बिना बनाउने हुनाले यस्ता नीति तथा नियमहरु व्यवसायीहरुलाई घातक हुन पुगेको अवस्था छ। व्यबसायीहरुको सबैभन्दा मुख्य समस्या भनेकै पार्किङ्गको रहेको छ। बढ्दो शहरीकरणका कारण सबै सार्वजनिक जग्गा अतिक्रमण हुने र पार्किङ्गलाई समस्या पर्ने गरेको छ। साथै ढुवानीमा समेत विभिन्न समस्या छ। हाम्रा सवारी साधनको घरायसी प्रयोजनमा प्रयोग हुने सामाग्राीहरु ढुवानी गर्दा छत भन्दा बाहिर या माथी भएमा ट्राफिक प्रहरीले कारवाही गरी भाडा भन्दा बढी जरीवाना लिने हुदां यो समस्याको समाधान गर्न सम्बन्धित पक्षसँग बारम्बार आग्रह गर्दै आईरहेको अवस्था छ। 

    ४. कोभीड १९ ले यातायात क्षेत्रमा कस्तो असर पारेको छ, उक्त समयमा संस्थाले व्यवसायीक हकका लागि के गर्यो?  
    विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ देशको आर्थिक क्षेत्रमा निकै ठुलो असर पारेको छ। राज्यले घरबाट बाहिर ननिस्कनु भनि सबैलाई सूचित गरेको अवस्थामा पनि हाम्रा सवारी साधन र चालकले आफु र आफ्नो स्वास्थ्यलाई जोखिममा राखी अति आवश्यक खाद्यान्नका सामाग्रीहरु, हरियो तरकारी, फलफूल, दुग्धजन्य पदार्थहरु, कहि कतै अभाव हुन नदिई ढुवानी गरेको जानकारी पनि यसै मिडिया मार्फत गराउन चाहान्छु। यस महामारीका बिचमा व्यवसायीहरुलाई पर्न गएको मर्कालाई ध्यान दिदै संस्थाले बैशाख महिनाको मासिक शुल्क मिनाहा गरि संस्थाले दिने हरेक सेवा सुविधालाई यथावत राखेको थियो। यस परिस्थतीमा पनि हाम्रो संघलाई कहि कतैबाट सहयोग नभएको पनि जानकारी गराउँदै व्यवसायी स्वयं आफै सक्रिय भएर सेवा दिएकोमा हाम्रा चालक मजदुर तथा स्वरोजगार व्यवसायीहरुलाई धन्यवादका प्रात्र छन्।  
    हाम्रा सबै सवारी साधनहरु बैंकबाट ऋण लिएर संचालन गरेको हुनाले देशको असज परिस्थितीमा हामीलाई बैंकको ऋण (साँवा ब्याज किस्ता) तिर्न समेत गाह्रो परेको अवस्था छ। चालकलाई समेत मासिक पारिश्रमीक पनि दिन धौंधौं परेको अवस्थामा राज्यले कुनै पनि किसिमको सहयोग नगरेकोमा निकै दुःखी छौं। कोभिडले थला परेको आर्थिक क्षेत्र उस्कन नपाउदै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरि मध्यावधी निर्वाचन घोषणा गर्नु र निर्वाचनका लागि १२ अर्व जती रकम खर्च हुने विभिन्न समाचार माध्यमबाट आइरहेको अवस्थामा आर्थिक क्षेत्र थप तहसनहस हुने देखिन्छ। त्यसकारण प्रधानमन्त्रीको यस्तो निणर््ायलाई फिर्ता लिई प्रतिनिधि सभालाई पुनःस्थापन गर्न पनि हामी साना तथा मझौला ढुवानी ब्यबसायीहरु हार्दीक आग्रह गर्दछौं। 

    ५. अन्त्यमा केहि भन्नु छ की?
    स्थापना कालदेखि सातौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा आईपुग्दा निकै समस्या र चुनौतीहरु पार गर्दै संस्थालाई यहाँसम्म ल्याउन सफल भएका छौं । यस समयमा म र मेरो संस्थालाई हरेक किसिमले सहयोग गर्ने संघसंस्था, उद्योगी, व्यवसायी, विभिन्न राजनैतिक दल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, यातायात व्यवस्था कार्यालय लुम्बिनी, संस्थाका सल्लाहकारहरु, संचारकर्मी, व्यवसायी साथीहरु, मेरा सहकर्मी साथीहरु र कर्मचारी भाईबैनीहरु, विभिन्न तह र तप्काका शुभचिन्तकहरुलाई पुनः एक पटक धन्यवाद दिन चाहान्छु। साथै यो अधिवेशनबाट निर्वाचित हुने अध्यक्ष लगाएत सिंगो टिमलाई सफल कार्यकालको शुभकामना दिन चाहान्छु। संस्था र नव आगन्तुक टिमलाई आवश्यक परेको समयमा सहयोगका लागि संस्थापक अध्यक्षका हैसियतमा र ब्यक्तिगत रुपले म सधैं तयारी अवस्थामा रहने छु र संस्थालाई आवश्यक पर्दा कुनै पनि समयमा दिनरात नभनी सहयोगका लागि हाजिर रहने पनि जानकारी गराउन चाहान्छु। 
      

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij